Revelation 21:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्‍वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्‍वर हुनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्‍वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्‍वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।
Nepali Tamang 2011
ङाइ ठिग्‍याम चुह्रङ् भिबा घ्रेन काइ गिक थेःजी, “च्‍यागो, परमेश्‍वर म्‍हिगदेदेन छ्‌याम धन्‍छ्‌याबा मुला। परमेश्‍वर थेनीगदेदेन छ्‌याम धन्‍छ्‌याला ओच्‍छे थेनीगदे थेला म्‍हि तला। थेह्रङ् लसीन थे ह्राङनोन थेनीगदेला परमेश्‍वर दोःसी थेनीगदेदेन छ्‌याम धन्‍छ्‌याला।