Revelation 21:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्‍ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”
Nepali Tamang 2011
थेसे थेनीगदेला जम्‍मान मीख्‍ली फ्‍यासी पिन्‍ना। ओच्‍छे थेनीगदे दोःसी खाइमै आसि, खालैदान सुर्दा आत, खालैनोन आक्रा, ओच्‍छे खालैदान तिगै दुखएनोन आत। तिग्‍दा भिसम ङाच्‍छाला तामगदे चा जम्‍मान म्‍हासी जिन्‍बा मुला।