Revelation 21:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्वरले भन्नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्वास गर्न सकिने कुरा हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
Nepali ERV (पवित्र बाइबल)
उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”
Nepali Tamang 2011
ठिरी धन्छ्याबासे ङादा “च्यागो, ङाइ जम्मान ताम छार स्होला” भिसी सुङ्जी। थेसे दोःसीनोन ङादा “चु ताम भ्रिउ, तिग्दा भिसम चु तामगदे चा विश्वास लखम्बादेन सत्य मुला” भिसी सुङ्जी।