Revelation 21:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले भन्नुभयो, “अब सबै काम पूरा भइसके! अल्फा र ओमेगा आदि र अन्त म नै हुँ। जस-जसलाई तिर्खा लाग्छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु।
Nepali Tamang 2011
परमेश्वरसे ङादा चुह्रङ् भिसी सुङ्जी, “दाहेन्से जम्मान ताम पूरा तसी जिन्जी। अल्फादेन ओमेगा ङानोन हिन्ना, ओच्छे शुरु लबादेन जिन्ना लबाएनोन ङानोन हिन्ना। क्युइ फुइबागदेदा ङाइ जुकजुकधोनाला जुनी पिन्बा क्युइला मुलग्याम ओह्रङ्नोन थुङ्बारी पिन्ना।