Revelation 21:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्‍दा काम गर्नेहरू, ज्‍यानमाराहरू, व्‍यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्‍नेहरू र सबै झूट बोल्‍नेहरूको ठाउँचाहिँ आगो र गन्‍धकले जलिरहेको कुण्‍ड हो। त्‍यसमा पर्नुचाहिँ दोस्रो मृत्‍यु हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”
Nepali Tamang 2011
तर लोङ्‌बागदे, विश्‍वास आलबागदे, नइबा गे लबागदे, म्‍हि साइबागदे, स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबागदे, टुनामुना लबागदे, मूर्तिदा तेन्‍बागदेदेन जम्‍मान लुसीला ताम पाङ्बागदे चा गन्‍धकदेन लुङ्बा मेला घ्‍योइरी नितोःला। चु मेला घ्‍योइरी निबा चा दोःसी सिबा हिन्‍ना।