Revelation 22:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म यूहन्नाले यो चेतावनी दिन्छु, यिनमा केही थप्छ भने उसलाई परमेश्वरले यस पुस्तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरु सुन्छ यदि कुनै मानिसले यी वचनहरुमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरु दिनु हुनेछ।
Nepali Tamang 2011
च्यागो, चु किताबरी भ्रिबा अगमवाणीला बचन थेःबा म्हिगदेदा ङाइ पाङ्ला। चुदे खालै म्हिसे चु किताबरी भ्रिबा तामरी अर्गु ताम काप्जी भिसम चु किताबरी भ्रिबा जम्मान आपत विपतगदे परमेश्वरसे थेदा काप्सी पिन्ना।