Revelation 22:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले केही कुरा यो पुस्तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्छ भने परमेश्वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरु हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।
Nepali Tamang 2011
ओच्छे खालै म्हिसे चु अगमवाणीला किताबरी भ्रिबा बचनग्याम तिगै ताम तेःजी भिसम चु किताबरी भ्रिबा जुकजुकधोनाला जुनी पिन्बा दोङदेन परमेश्वरला शहरग्याम थेसे याङ्तोःबा हक परमेश्वरसे थेग्याम ब्यन्ना।