Revelation 22:2 — Compare Translations
4 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्थ्यो। त्यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरु मानिसहरुको विमार निको पार्नुलाई थिए।
Nepali Tamang 2011
ओच्छे थे स्योङ थे शहरला ग्यामला गुङग्याम तबान निबा मुबा। थे स्योङला कुनी न्हीरीन जुकजुकधोनाला जुनी पिन्बा दोङ मुबा। थे दोङरी लाएनोनदङसे थरी थरीला रो रोमुबा। थेरी दिङ गिकरी च्युक न्ही थरीला रो रोमुबा। थे दोङला भा चा य्हुल य्हुलला म्हिगदेदा खम्ना लबा मन मुबा।