Revelation 22:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले श्राप दिनुभएको कुनै कुरा त्‍यो सहरमा पाइँदैन। परमेश्‍वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्।
Nepali Tamang 2011
दाहेन्‍से थे शहररी मुबा खजिबै स्‍हेदा परमेश्‍वरसे आकेः। परमेश्‍वरदेन थार्बा पिन्‍बा ग्‍यु बोगोला ठि थे शहररीन तला, ओच्‍छे थेला म्‍हिगदेसे थेदा तेन्‍ना।