Revelation 22:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूलाई पवित्र आत्मा दिनुहुने प्रभु परमेश्वरले आफ्ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्नो स्वर्गदूत पठाउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन्। अब चाँड़ै हुन आउने कुराहरू आफ्ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरु विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरुको आत्माहरुका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरुलाई ती कुराहरु, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।।”
Nepali Tamang 2011
स्वर्गदूतसे ङादा चुह्रङ् भिसी भिजी, “चु बचन विश्वास लखम्बादेन सत्य मुला। अगमवक्तागदेदा ह्राङला आत्मा पिन्बा परमप्रभु परमेश्वरसे ह्राङला गे लबा म्हिगदेदा योनान तबा तामगदे उन्बाला लागिरी स्वर्गदूत पुइखबा मुला।”