Revelation 22:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्तकको वचन मान्नेहरूजस्तै परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई नै दण्डवत् गरेर उहाँलाई आदर गर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्ने तिम्रा भाइहरू र यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्वरलाई मात्र दण्डवत् गर!”
Nepali ERV (पवित्र बाइबल)
तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। तिमी अनि तिम्रो भाइ अगमवक्ताहरु छन् त्यस्तै म एक सेवक हुँ। म जम्मै अरु मानिसहरु जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!
Nepali Tamang 2011
तर थेसे ङादा चुह्रङ् भिसी भिजी, “च्यागो, एसे चुह्रङ् लबारी आत। ङा मी एदेन एला ज्योज्यो आले अगमवक्तागदे ओच्छे चु किताबरी भ्रिबा ताम ङ्यान्बागदे ह्रङ्बा परमेश्वरला गे लबा ह्रो जे हिन्ना। परमेश्वरदा जे फ्या लसी तेन्गो।”