Revelation 3:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सार्डिसमा भएका मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग सात तारा र परमेश्वरका सात आत्मा छन्, उहाँले यसो भन्नुहुन्छ। तिम्रा कामहरू मलाई थाहा छ, तिमीहरू जिउँदा छौ भन्ने नाम चलेको छ, तर वास्तवमा तिमीहरू मरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सार्डिसका मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले परमेश्वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख “उहाँ जसकोमा सात आत्माहरु अनि सात ताराहरु छन् तिमीहरुलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरुले गर्दै गरेका कुरा मलाई थाहा छ. मानिसहरुले भन्दछन् कि तिमीहरु जीवित छौ। तर वास्तवमा तिमीहरु मृत हौ।
Nepali Tamang 2011
सार्डिसरी मुबा मण्डलीदा च्याबा म्हिदा चु ताम भ्रिउ। चु ताम परमेश्वरदा तेन्बा गोर निस आत्मादा तहरी थान्बादेन गोर निस सार थोबासे सुङ्बा मुला। एला जम्मान गेगदे ङादा था मुला, ए सोबा मुला भिसी मी पाङ्मुला, तर ए सिबा मुला।