Revelation 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले जित्छ, मेरा परमेश्वरको मन्दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्यहाँबाट ऊ कहिल्यै निस्कनेछैन। उसमा मेरा परमेश्वरको नाउँ अनि स्वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्वरको नाम, मेरा परमेश्वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।
Nepali Tamang 2011
जुन म्हिसे ढाला, थेदा ङाइ ङाला परमेश्वरला मन्दिरला थाम स्होला, ओच्छे थे थेग्याम खाइमै आथोन। ङाइ थेथोरी ङाला परमेश्वरला मिन भ्रिला, जमाहेन्से थे ङाला परमेश्वरला शहरला म्हि दोला। थे शहर ङाला परमेश्वरग्याम स्वर्गहेन्से मार खबा छार यरूशलेम हिन्ना। ओच्छे थेथोरी ङाइ ङाला छार मिनएनोन भ्रिला।