Revelation 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्‍छौ र तिमी कति दु:खी र दयालाग्‍दो कङ्गाल, अन्‍धा र नाङ्गा छौ भन्‍ने तिमीलाई थाहा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु दावी गर्छों तिमीहरु धनवान छौ। तिमीहरु सोच्छौ तिमीहरु सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरु जान्दैनौ कि तिमीहरु वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।
Nepali Tamang 2011
एसे ह्राङदा ङा फ्‍युक्‍पो मुला, ङादेन छ्‌याम जम्‍मान स्‍हे मुला ओच्‍छे ङादा तिगै स्‍हेला खाँचो आरे भिसी पाङ्‌मुला, तर ए गाते दया खबाधोनाला मुला भिबा तामदेन दुख याङ्बा, प्राङबो, कानादेन लिगन्‍डी मुला भिबा ताम एदा था आरे।