Revelation 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तिमीलाई यस्‍तो सल्‍लाह दिन्‍छु, सधैँ धनी हुनलाई मबाट शुद्ध सुन किन। तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई सेतो लुगा किनेर लगाऊ, आँखा देख्‍नलाई मबाट मलम किनेर लगाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई सल्‍लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरुलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरु साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरुलाई यो भन्दैछु। तिमीहरुको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरु साँच्चै देख्न सक्नेछौ।
Nepali Tamang 2011
थेतबासेलमा सदन फ्‍युक्‍पो दोबाला लागिरी ङाग्‍याम मेरी ख्राङ्‌सी खारेब लबा म्‍हर ग्‍लुउ। थेह्रङ् लसीन एदा पेःबा खबा लिगन्‍डी ल्‍हुइ घप्‍बाला लागिरी तार क्‍वान ओच्‍छे मी म्राङ्बाला लागिरी मन ङाग्‍याम ग्‍लुउ भिबा एदा ङाला सल्‍लाह मुला।