Revelation 3:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सार्डिसमा पनि कोही-कोही मानिसहरू छन्, जसले आफ्नो लुगा सफा राखेका छन्। उनीहरू मसित सेता लुगा लगाएर हिँड्नेछन् किनभने उनीहरू यसो गर्न योग्य छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सार्डिसमा कति व्यक्ति छन्, जसले आफ्ना लुगा बिटुलो पारेका छैनन्। तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर सार्डिसको तिमीहरुसित तिमीहरुको समूहमा कोही मानिसहरु छन् जसले तिनीहरु स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरु मसित हिडेनेछन्। तिनीहरुले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरु त्यसका योग्य छन्।
Nepali Tamang 2011
तर सार्डिसरीनोन कोइ कोइ म्हिगदेसे चा ह्राङला क्वान फोहोर तना लबा आरे। थेनीगदे ङादेन छ्यामनोन तार क्वान क्वान्सी भ्रला। तिग्दा भिसम थेनीगदे ङादेन छ्याम भ्रबाधोनाला मुला।