Revelation 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले जित्‍छ, उसले यस्‍तो सेतो लुगा लाउनेछ र उसको नाउँ म जीवनको पुस्‍तकबाट कहिल्‍यै मेटाउनेछैन, तर ऊ मेरो हो भनेर मेरा पिता र उहाँका सबै स्‍वर्गदूतको अगाडि स्‍वीकार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरुले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरुको समक्ष भन्नेछु।
Nepali Tamang 2011
जुन म्‍हिसे ढाला थेदा चुह्रङ् लसी तार क्‍वान क्‍वान्‍सी पिन्‍ना। ङाइ थेला मिन जुकजुकधोनाला जुनीला किताबग्‍याम खाइमै मेटब आल। ङाइ थेदा ङाला आबादेन आबाला दूतगदेला ङाच्‍छा चु ङालान हिन्‍ना भिसी पाङ्ला।