Revelation 3:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्यसलाई कसैले बन्द गर्न सक्दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्वीकार गरेका छैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
मलाई तिमीहरुले गरेका कुराहरु थाहा छन्। मैले तिमीहरु समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरुको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरुले मेरो उपदेश अनुसरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरु डराएका थिएनौ।
Nepali Tamang 2011
एसे लबा जम्मान गेगदे ङादा था मुला। च्यागो, ङाइ एला लागिरी खालैसेन ढुङ्बारी आखम्बा म्राप ठोङ्सी थान्बा मुला। एदेन छ्याम ल्हानान भङ आरे भिबा ताम ङादा था मुला। तसैनोन एसे ङादा विश्वास लबा ख्लाबा आरे, ए ङाला बचन अन्छार भ्रबा मुला।