Revelation 3:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यहूदी हौं भनेर ढाँट्ने शैतानका गुठका त्यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्यार गरिराखेको छु भन्ने कुरा उनीहरूलाई थाहा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरु दावी गर्छन् कि तिनीहरु यहूदीहरु हुन् तर झूटो हो। तिनीहरु साँचो यहूदीहरु होइनन्। म तिनीहरुलाई तिमीहरु समक्ष आउन अनि तिमीहरुको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरुले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरु तिमीहरु नै हौ।
Nepali Tamang 2011
च्यागो, शैतानना म्हिगदेसे ह्राङ यहूदी आहिन्सै यहूदी हिन्ना भिसी लुसीला ताम पाङ्बागदेदा ङा खसी एला काङरी फ्या लपुङ्ला। ओच्छे ङाइ एदा माया लमुला भिबा ताम थेनीगदेदा घोना लला।