Revelation 4:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको मुहारचाहिँ सेता र राता-राता चम्कने मणिहरूजस्तो सुन्दर देखिन्थ्यो र सिंहासनको वरिपरिचाहिँ टल्कने पन्ना रङ्गको एउटा इन्द्रेणी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।
Nepali ERV (पवित्र बाइबल)
उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
Nepali Tamang 2011
थेला स्य्हाल चा झक्झक्बा मणि ह्रङ्बान जेबा मुबा ओच्छे ठिला क्यारक्युर चा झक्झक्बा रत्न ह्रङ्बान लरक्युङ मुबा।