Revelation 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूल सिंहासनबाट बिजुली चम्‍कन्‍थ्‍यो, गड्याङ्-गुडुङको गर्जन निस्‍कन्‍थ्‍यो। सिंहासनको अगाडि आगोको सातवटा राँका बलिरहेका थिए, जुन परमेश्‍वरका सात आत्‍मा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्‍केर आउँथे, र त्‍यस सिंहासनको सामुन्‍ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्‍वरका सात आत्‍माहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्‍वरका सात आत्माहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरु परमेश्वरका सातवटा आत्माहरु हुन्।
Nepali Tamang 2011
थे ठिग्‍याम तिप्‍लीङ ह्रङ् लसी मे थोन्‍बादेन गडङगुडुङ मु ठेङ्‌बा ह्रङ्‌बा काइ खमुबा। ओच्‍छे थे ठिला ङाच्‍छापट्टि गोर निस मेदङ लुङ्बा मुबा। थे मेदङ चा परमेश्‍वरला आत्‍मा निस हिन्‍ना।