Revelation 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्‍दै गीत गाइरहेका थिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ। उहाँ हुनुहुन्‍थ्‍यो, उहाँ हुनुहुन्‍छ र उहाँ हुनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्‍दै गाइरहन्‍छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् प्रभु परमेश्‍वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन् “पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
Nepali Tamang 2011
थे गोर ब्‍लि छोन्‍बो जन्‍तुगदेलान गोर ढु ढु भ्‍याप मुबा। ओच्‍छे थेनीगदेला भ्‍यापला पाखापट्टिएनोन न्‍हङ‌पट्टिएनोन मी मुबा। थेनीगदे धिन म्‍हुननोन थेन आतना चुह्रङ् भिसी व्‍हाइ गोमुबा, “जम्‍मान भन्‍दा घ्रेन परमप्रभु परमेश्‍वर चोखो, चोखो, चोखो मुला। थे दान्‍देनोन मुला, ङाच्‍छाएनोन मुबा ओच्‍छे दोःसीनोन फेप्‍खला।”