Revelation 5:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि मैले हेरें र करोडौं स्‍वर्गदूतहरू गाइरहेका सुनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।
Nepali Tamang 2011
दोःसी ङाइ च्‍यामा, परमेश्‍वरला ठिदेन जन्‍तुगदे ओच्‍छे गन्‍बागदेला क्‍युर्सीन ल्‍हानान स्‍वर्गदूतगदेसे व्‍हाइ गोबा म्राङ्जी। थेनीगदे लाख, करोड झ्‍यानोन आखम्‍बाधोना मुबा।