Revelation 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्ग, पृथ्‍वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्‍मान् र अधिकार भइरहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें “उहाँ एक, जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा सर्वदा रहून्।”
Nepali Tamang 2011
ओच्‍छे स्‍वर्गदेन जम्‍बुलिङ ओच्‍छे जम्‍बुलिङ धिरी, समुन्‍द्ररीदेन थेरी मुबा जम्‍मान जन्‍तुगदेसे चुह्रङ् भिसी व्‍हाइ गोबान लबा ङाइ म्राङ्जी। “ठिरी धन्‍छ्‌याबादेन थार्बा पिन्‍बा ग्‍यु बोगोदा सदन सदन जयजयकार, मानदेन य्‍हाल य्‍हाल, ओच्‍छे शक्ति तगै।”