Revelation 5:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
तब मैले ती चार सजीव वस्तुहरु अग्रजहरुले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेडाको पाठा उभिरहेको देखें। त्यो भेंडाको पाठा मारिएको थुमा जस्तो देखिनथ्यो। त्यसका सातवटा सिङ्ग अनि सातवटा आँखहरु थिए, यी परमेश्वरका सात-आत्माहरु हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।
Nepali Tamang 2011
जमाहेन्से साइबा थार्बा पिन्बा ग्यु बोगो ह्रङ्बान खालैदा परमेश्वरला ठिला गुङरी राप्सी चिबा ङाइ म्राङ्जी। थेला क्युर्सीन गोर ब्लि जन्तुगदेदेन गन्बागदे मुबा। थेला गोर निस रुदेन गोर निस मी मुबा। चु चा जम्बुलिङला जम्मान ग्लारी पुइखबा परमेश्वरला आत्मा निस हिन्ना।