Revelation 5:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्‍न तपाईं मात्र योग्‍य हुनुहुन्‍छ किनभने तपाईं मारिनुभयो र आफ्‍नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्‍वरको लागि मानिसहरूलाई किन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।
Nepali Tamang 2011
थेनीगदेसे चुह्रङ् भिसी छार व्‍हाइ गिक गोजी, “चु रिल्‍सी थान्‍बा किताबला मुठा किन्‍सी लाहा छाप ब्‍लबादेन ठोङ्‌बाधोनाला ह्राङ जे मुला। तिग्‍दा भिसम ह्राङदा साइबा मुबा, ओच्‍छे ह्राङला कासे जम्‍मान वंश, ग्‍योइ, म्‍हि, य्‍हुलदेन य्‍हुल्‍सादा पापला सय फासी परमेश्‍वरला लागिरी ग्‍लुजी।