Revelation 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि थुमाले सात वटा मोहरमध्ये पहिलो मोहरलाई खोल्‍नुभएको मैले देखें र ती चार जीवित प्राणीमध्‍ये एउटाले गर्जनको जस्‍तो सोरले “आऊ!” भनेको मैले सुनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब थुमाले ती सातमध्‍ये एउटा मोहोर तोड्‌नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्‍ये एक जनाले मेघ गर्जन जस्‍तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!”
Nepali ERV (पवित्र बाइबल)
तब, भेंडाको पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरु मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ थे गोर निस लाहा छाप न्‍हङला छाप गिक थार्बा पिन्‍बा ग्‍यु बोगोसे ब्‍लबा म्राङ्जी। थेनोन धुइरी थे गोर ब्‍लि छोन्‍बो जन्‍तुगदे न्‍हङला गिकसे मु घुर्बा ह्रङ्‌बान काइरी “खउ” भिसी पाङ्बा ङाइ म्राङ्जी।