Revelation 6:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी प्रत्‍येकलाई एक-एक वटा सेतो पोशाक दिइएको थियो र तिनीहरूलाई यसो भनिएको थियो कि तिमीहरूका सहकर्मी र भाइहरू सबै तिमीहरूजस्‍तै नमारिउञ्‍जेल विश्राम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू प्रत्‍येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्‍तै मारिएर संख्‍यामा पूरा नभएसम्‍म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती आत्माहरु प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरुलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरुका अझ कोही भाइहरु जसलाई तिनीहरु जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरुसित थिए। ती आत्माहरुलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
Nepali Tamang 2011
थेनीगदे जम्‍मादान गोर गिक गिक तार क्‍वान पिन्‍जी। ओच्‍छे थेनीगदेदा एनीगदेदा ह्रङ् लसी साइतोःबा येशूदा तेन्‍बा एनीगदेला जम्‍मान ह्रोदेन ज्‍योज्‍यो आले नाना आङागदेदाएनोन आसाइतेधोना भ्रान्‍गो भिसी भिजी।