Revelation 6:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हेरें! हल्‍का पहेंलो रङ्गको एउटा घोडा देखा पर्‍यो। यसमाथि चढ्‍नेको नाउँ “मृत्‍यु” थियो र पाताल पनि यसको पछि लागेको थियो। तिनीहरूलाई लडाइँ, अनिकाल, महामारी र जङ्गली जन्‍तुहरूद्वारा एक चौथाइ भाग नाश गर्ने अधिकार दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्‍यु” थियो, र “पाताल” चाहिँ त्‍यसको पछिपछि लागेको थियो। अनि पृथ्‍वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्‍वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्‍तियार तिनीहरूलाई दिइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरुलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरुद्वारा मानिसहरुलाई मार्ने अधिकार दिइएको थियो।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ उर ता गिक म्राङ्जी। थे ताथोरी क्रेःबा म्‍हिला मिन चा “काल” मुबा। ओच्‍छे थेला लिच्‍छा लिच्‍छा चा सिबा म्‍हिगदेला आत्‍मा चिबा ग्‍ला मुबा। थेनीगदेदा लडाइ, अनिकाल, देसानदेन जम्‍बुलिङला ह्रि जन्‍तुगदेग्‍याम जम्‍बुलिङला भो ब्‍लिरी भो गिकदा नाश लबा अधिकार पिन्‍बा मुबा।