Revelation 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पृथ्‍वीमा, समुद्रमा अथवा कुनै रूखमा हावा नचलोस् भनेर चार जना स्‍वर्गदूत पृथ्‍वीका चारै दिशाका बतासलाई रोकेर पृथ्‍वीका चारै कुनामा उभिरहेका मैले देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि पृथ्‍वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस्‌ भनी चार स्‍वर्गदूतहरू पृथ्‍वीका चारै बतासलाई रोकेर पृथ्‍वीका चार कुनामा उभिरहेका मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो घटना पछि मैले चारवटा स्वर्गदूतहरुलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरुले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ गोर ब्‍लि स्‍वर्गदूतगदेदा जम्‍बुलिङरी, समुन्‍द्ररी ओच्‍छे खजिबै दोङरी लाबा थाखगै भिसी जम्‍बुलिङलापट्टि ब्‍लिग्‍यामसेन खबा लाबादा रोकब लबान जम्‍बुलिङला कुनी ब्‍लिरी राप्‍सी चिबा म्राङ्जी।