Revelation 7:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उनलाई भनें, “मलाई थाहा छैन। हजुरलाई नै थाहा छ।” उनले मलाई भने, “उनीहरूचाहिँ ठूलो सतावट सहेर आएका छन् र उनीहरूले आफ्‍ना-आफ्‍ना लुगा थुमाको रगतले धोएर सेता पारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
Nepali Tamang 2011
ङाइ थेदा “गुरु, थे मी ह्राङदान था मुला” भिसी भिमा थेसे ङादा चुह्रङ् भिसी पाङ्जी, “थेनीगदे चा ल्‍हानान दुख नासी खबा म्‍हिगदे हिन्‍ना। थेनीगदेसे ह्राङ ह्राङला क्‍वान थार्बा पिन्‍बा ग्‍यु बोगोला कासे ख्रुसी तार तना लबा मुला।