Revelation 7:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण उनीहरू परमेश्वरको अगाडि छन् र दिन-रात उहाँको पवित्र मन्दिरमा उहाँको सेवा गर्छन्। सिंहासनमा विराजमान् हुनुहुनेचाहिँ उनीहरूको बीचमा रहेर तिनीहरूको रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण, “तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्, र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण “तिनीहरू परमेश्वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अहिले यी मानिसहरु परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरु दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरुलाई रक्षा गर्नेछन्।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदे परमेश्वरला ठिला ङाच्छापट्टि मुला, ओच्छे थेनीगदेसे धिन म्हुननोन परमेश्वरला मन्दिररी थेदा तेन्मुला। ठिरी धन्छ्याबासे चा थेनीगदेला गुङरी धन्छ्यासी थेनीगदेदा जोगब लला।