Revelation 7:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्‍याएर लानुहुनेछ। अनि परमेश्‍वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’ ‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ठिला गुङरी धन्‍छ्‌याबा थार्बा पिन्‍बा ग्‍यु बोगो थेनीगदेला गोठालो दोला। ओच्‍छे थेसेन थेनीगदेदा जुकजुकधोनाला जुनी पिन्‍बा क्‍युइला मुलरी भोर्ला। ओच्‍छे परमेश्‍वरसेन थेनीगदेला जम्‍मान मीख्‍ली फ्‍यासी पिन्‍ना।”