Revelation 7:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।
Nepali Tamang 2011
जमाहेन्से ङाइ खालै म्हिसे झ्यासीन झ्याबारी आखम्बा म्हिला हुल गिक म्राङ्जी। थेनीगदे जम्मान य्हुल्सादेन वंश ओच्छे य्हुलदेन ग्योइ पाङ्बा म्हिगदे मुबा। थेनीगदे तार क्वान क्वान्सी यारी खजूरला हाँगा थोसी मुल ठिदेन थार्बा पिन्बा ग्यु बोगोला ङाच्छापट्टि राप्सी चिबा मुबा।