Revelation 8:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो;
Nepali ERV (पवित्र बाइबल)
तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झार्यो। त्यो तारा एक-तिहाइ अंश नदीहरु अनि पानीको मुलमा खस्यो।
Nepali Tamang 2011
थेह्रङ् लसीन सोमरेमला स्वर्गदूतसे ह्राङला बिगुल ह्राप्जी। थेनोन धुइरी लुङ्बा मेला ल्हाम ह्रङ्बान घ्रेन सार गिक मुग्याम भो सोम स्योङगदेला भो गिकरीदेन क्युइला मुहानगदेरी ताइजी।