Revelation 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्‍यो र तिनीहरूको एक तिहाइ ज्‍योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्‍यारो रहन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक तिहाइ ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक तिहाइ पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो।
Nepali ERV (पवित्र बाइबल)
चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरुमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अंध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।
Nepali Tamang 2011
दोःसी ब्‍लिरेमला स्‍वर्गदूतसे ह्राङला बिगुल ह्राप्‍जी। थेनोन धुइरी धिनी, लनीदेन सारगदेला भो सोमला भो गिकरी तिगै स्‍हेसे तोजी। जमाहेन्‍से थेनीगदेला भो सोमरी भो गिक धोप तजी। चुह्रङ् लसी धिनदेन म्‍हुनएनोन भो सोमरी भो गिक धोपधोप तजी।