Revelation 8:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्‍तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्‍वर्गदूतले आफ्‍ना-आफ्‍ना तुरही फुकेको आवाज निस्‍कँदा पृथ्‍वीमा मानिसहरूलाई कस्‍तो विपद् आइपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले हेरें, र मध्‍य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्‍दै चर्को सोरले कराएको सुनें, “फुक्‍न बाँकी रहेका तीन स्‍वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्‍वीमा वास गर्नेहरूलाई धिक्‍कार! धिक्‍कार! धिक्‍कार!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”
Nepali ERV (पवित्र बाइबल)
जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरुलाई जो पृथ्वीमा बस्छन्, तिनीहरुलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरुले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
Nepali Tamang 2011
ङाइ च्‍याबान लमा मुरी ग्‍वाइ गिक फ्‍याङ्‌बान लबा म्राङ्जी। थे ग्‍वाइसे क्रिङ्‌बान चुह्रङ् भिसी भिजी, “दुखन दुख, जम्‍बुलिङरी मुबा म्‍हिगदेदा ल्‍हानान दुख तला। तिग्‍दा भिसम दाहेन्‍से बिगुल ह्राप्‍बारी बाँकी मुबा अर्गु गोर सोम स्‍वर्गदूतसे बिगुल ह्राप्‍बा धुइ तसी जिन्‍बा मुला।”