Revelation 8:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो।
Nepali ERV (पवित्र बाइबल)
अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरुको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनोलो बेदीमा राखे।
Nepali Tamang 2011
ओच्छे स्य्हान्दो स्वर्गदूत गिक म्हरला पोइमो ताङ थोसी धूप म्राबा ग्लाला ङामरी राप्जी। ठिला ङाच्छापट्टि मुबा म्हरला धूप म्राबा ग्लारी परमेश्वरला म्हिगदेला प्रार्थनादेन छ्यामनोन फुल्बाला लागिरी थेदा ल्हानान धूप पिन्जी।