Revelation 8:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्न भयो, र भुइँचालो गयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरु आयो अनि भूइँचालो गयो।
Nepali Tamang 2011
जमाहेन्से थे स्वर्गदूतसे पोइमो ताङ थोसी धूप म्राबा ग्लाला मे पोइमो ताङरी युसी जम्बुलिङरी भ्याङ्जी। ओच्छे गडङगुडुङ मु ठेङ्सी तिप्लीङ खसी सङगुल निजी।