Revelation 9:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके र मैले आकाशबाट एउटा तारा पृथ्वीमा खसेको देखें। त्यस तारालाई गहिरो भड्खालाको साँचो दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यस तारालाई अतल कुण्डको साँचो दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।
Nepali Tamang 2011
दोःसी ङारेमला स्वर्गदूतसे ह्राङला बिगुल ह्राप्बा धुइरी ङाइ मुग्याम जम्बुलिङरी सार गिक ताइबान लबा म्राङ्जी। थे सारदा ल्हानान नुप्बा व्हाङला म्रापला साँचो पिन्जी।