Revelation 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गहिरो भड्खालाको दूतले तिनीहरूमाथि राज्य गर्दछ। हिब्रू भाषामा त्‍यसको नाउँ ‘एबाड्डोन’ र ग्रीक भाषामा त्‍यसको नाउँ ‘अपोल्‍लियोन’ हो। यसको अर्थ हो, ‘नाश गर्ने।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा, अपोल्‍लियोन हो।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरुका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्र भाषामा उसको नाउँ एबिड्डोन थियो। यूनानी भषामा त्यसको नाउँ अपोल्लियोन थियो।
Nepali Tamang 2011
थेनीगदेदा शासन लबा ग्‍ले चा ल्‍हानान नुप्‍बा व्‍हाङला दूत मुबा। थे दूतला मिन हिब्रू ग्‍योइरी एबाड्डोन मुबा ओच्‍छे ग्रीक ग्‍योइरी अपोल्‍लियोन मुबा।