Revelation 9:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मेरो यो दर्शनमा मैले ती घोडा र तीमाथि चढ्‍नेहरू देखें। तिनीहरूका छातीमा लगाएका कवचहरूचाहिँ आगोजस्‍तो रातो, नीलमजस्‍तो नीलो, गन्‍धकजस्‍तो पहेंलो देखें। घोडाहरूका टाउका सिंहका टाउका जस्‍ता थिए र तिनीहरूको मुखबाट आगो धूवाँ, र गन्‍धक निस्‍कन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्‍ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्‍धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्‍ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्‍धक निस्‍कन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मेरो दिव्य दृष्टिमा मैले घोडाहरु अनि घोड-सवाहरुलाई देखेँ। तिनीहरु यस्ता देखिन्थे तिनीहरुका कवचहरु आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरु सिंहका शिरहरु जस्तै देखिन्थे। घोडाहरुको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो।
Nepali Tamang 2011
ङाइ म्राङ्बा तादेन ताथोरी क्रेःबा सिपाहीगदे चुह्रङ्बा मुबा, थेनीगदेला कुरी क्‍वान्‍बा ढालगदे चा मे ह्रङ्‌बान वाला ओच्‍छे पिङगैदेन गन्‍धक ह्रङ्‌बान उर मुबा। थे तागदेला थोबो च्‍यान्‍ना ह्रङ्‌बान मुबा। थेनीगदेला सुङग्‍याम मे, म्‍युगुदेन गन्‍धक थोन्‍मुबा।