Revelation 9:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी महामारीबाट बाँच्‍नेहरूले आफैंले बनाएका कुरादेखि मन फर्काएनन्। तिनीहरूले भूतात्‍माहरूलाई र सुन, चाँदी, पित्तल, ढुङ्गा र काठका मूर्ति जसले देख्‍न, सुन्‍न र चल्‍न सक्‍दैनन्, तिनीहरूलाई पुज्‍न छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍ना हातका कामबाट अझ पनि पश्‍चात्ताप गरेनन्‌। तिनीहरूले भूतहरूलाई र देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने र हिँड्‌न नसक्‍ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्‍न छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्‍ट कामहरूबाट अझ पनि पश्‍चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्‍न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका अन्य मानिसहरु बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरुले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरुले आफ्नैै हातले निर्माण गरेका कुराहरुबाट तिनीहरुले मुख फर्काएनन्। तिनीहरुले दानवहरु अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँडन सक्तैनन्, पूजा गर्न छाडेनन्।
Nepali Tamang 2011
तर चुह्रङ्बा आपत विपतग्‍याम आसिना जोगब तबा म्‍हिगदेसे ह्राङ ह्राङसे लबा आज्‍यबा गे ख्‍लासी परमेश्‍वरपट्टि आदोःनी। ओच्‍छे थेनीगदेसे म्‍हङ म्‍हुङदेन म्राङ्आखम्‍बा, थेःआखम्‍बा, भ्रआखम्‍बा म्‍हर, म्‍हुइ, काँस, युङबादेन सिङग्‍याम स्‍होबा मूर्तिगदेदा तेन्‍बा आख्‍लानी।