Revelation 9:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सलह लडाइँमा जान तयार भइराखेका घोडाहरूजस्ता देखिन्थे। तिनीहरूका टाउकोमा सुनका मुकुटजस्तो केही कुरा देखिन्थे र तिनीहरूका अनुहार मानिसका जस्ता थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सलहहरूको रूप लड़ाइँको निम्ति तयार गरिराखेका घोडाहरूको जस्तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्तै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरु युद्धका निम्ति तयार गरिएका घोडाहरु जस्तै देखिन्थे। तिनीहरुको शिरमा तिनीहरुले सुनको मुकुटहरु जस्तै देखिने लगाएका थिए। तिनीहरुको अनुहार मानवको जस्तै देखिन्थ्यो।
Nepali Tamang 2011
थे तिरीगदे लडाइ लबाला लागिरी निबारी ठीक तबा तागदे ह्रङ्बान म्राङ्मुबा। थेनीगदेला थोबोरी म्हरला मुकुट ह्रङ्बा स्हे मुबा। ओच्छे थेनीगदेला ली चा म्हिला ली ह्रङ्बान मुबा।