Romans 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्यारा दाजुभाइहरू, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु: धेरै पल्ट मैले तिमीहरूलाई भेट्ने विचार गरें तर कुनै न कुनै कारणले गर्दा सकिनँ। म अरू ठाउँका मानिसहरूबाट झैँ तिमीहरूबाट पनि परमेश्वरको असल भक्ति भएको देख्न चाहन्छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्ने चाहन्नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरै पल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुरयाउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, चु ताम एनीगदेदा था तगै भिसी ङाइ म्हन्बा मुला। अर्गु ग्लाला म्हिगदेसे ह्रङ् लसी रोमला अर्गु य्हुलला म्हिगदेसेनोन विश्वास लगै भिसी ङा ल्हानान रेम एनीगदे मुबा ग्लारी खबा सेम लजी। तर ङा दान्देधोना एनीगदे मुबा ग्लारी खबारी खम्बा आरे।