Romans 1:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्, नता तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारमा काम नलाग्ने भए र तिनीहरूका खोक्रा हृदयचाहिँ अन्धकारले भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।
Nepali Tamang 2011
थेनीगदेसे परमेश्वरदा ङोसेसीनोन परमेश्वरदा लतोःबा मानदेन जयजयकार आलनी ओच्छे परमेश्वरदा धन्यवादएनोन आपिन्नी। बरु थेनीगदेसे म्हन्बा आज्यबा तामग्यामसेन थेनीगदे गे आखेल्बा म्हि दोजी। ओच्छे थेनीगदेला आज्यबा सेम झन धोपधोपसे प्लिङ्जी।