Romans 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्‍तुहरूका मूर्तिलाई पूजा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।
Nepali Tamang 2011
थेनीगदेसे खाइमै नाश आतबा य्‍हालदेन शक्ति मुबा परमेश्‍वरदा तेन्‍बा ख्‍लासी नाश तसी निबा म्‍हि, जन्‍तु, चरागदेदेन सुल्‍सी भ्रबा जन्‍तुगदेला मूर्ति स्‍होसी तेन्‍जी।