Romans 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरको सत्‍यलाई झूटसँग साटे। सृष्‍टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्‍वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैं हुनपर्छ। आमिन।
Nepali Tamang 2011
थेनीगदेसे सदन जयजयकार लतोःबा जम्‍मान स्‍हे स्‍होबा परमेश्‍वरदा तेन्‍बा ख्‍लाजी। ओच्‍छे परमेश्‍वरसे स्‍होबा स्‍हेगदेदा चा तेन्‍जी। चुह्रङ् लसी थेनीगदेसे परमेश्‍वरला सत्‍य तामदा लुसीला तामदेन छ्‌याम देप्‍जी।