Romans 1:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण परमेश्वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्दो इच्छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्ना लोग्नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसंग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसंग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे थेनीगदेला आज्यबा सेमसे म्हन्बा अन्छारलान पेःबा खबा गेगदे लबारी ख्लासी पिन्जी। ओच्छे थेनीगदेला म्रिङकोलागदे ह्रेम्कोलादेन छ्याम आम्हेर्ना म्रिङकोला म्रिङकोलान ब्रेल्सी भ्रजी।