Romans 1:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लोग्नेहरूले पनि आफ्ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्ति जलेर लोग्ने मानिसले लोग्ने मानिससँगै घिनलाग्दो काम गरे। तिनीहरूका आफ्ना शरीरले गरेका दुष्ट कामका लागि उचित दण्ड पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।
Nepali ERV (पवित्र बाइबल)
त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसंगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसंग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए।
Nepali Tamang 2011
थेह्रङ् लसीन ह्रेम्कोलागदे म्रिङकोलादेन छ्याम आम्हेर्ना बैससे क्रोसी ह्रेम्कोला ह्रेम्कोलादेन छ्यामनोन ब्रेल्सी भ्रजी। ओच्छे थेनीगदेसे लबा आज्यबा पेःबा खबा गेला सजाय थेनीगदे ह्राङसेन नाजी।